Monday, June 1, 2009

१८०० नेपाली दाङ जिल्लाको बिभिन्न सीमा नजिकका गाउबाट लखेटिएका छन्

१ जुन् २००९

http://www.ekantipur.com/kolnews.php?&nid=197091

फेरि पनि सीमा क्षेत्रमा भारतीय पक्षबाट त्यहि काम दोहरिरहेको छ, आज फेरि १८०० नेपाली दाङ जिल्लाको बिभिन्न सीमा नजिकका गाउबाट लखेटिएका छन्. भनिएको छ कि भारतीय सीमा सुरक्षा बलले उनीहरु माथि दुरब्यहार गरी गाँउ छाड्न बाध्य तुलाएका छन्. पिल्लरहरु पनि सारिने क्रम् जारी छ. अब यस्तो अवस्थामा हामी नेपालीहरु नै चुपचाप् बस्ने हो भने, अरुले गर्ने त कुरा नै आउदैन. एकैछिन् गहिरिएर सोच्ने हो भने, यो त हाम्रो राष्टियता माथि बारम्बार् हुने प्राहार हो. यसरी नै हाम्रो राष्टियता माथि आँच आइरहने हो भने भोलिका दिनमा अझै गम्भिर खालका र सार्वभौमिक्ता माथि नै कडा प्रहार हुन सक्‍ने स्तिथि आउने खतरा झन्‌झन् बडिहुन जान्छ्.

अब मौकाको फाइदा त उठाउने नै भए, न त माकुने प्र.म भए देखि मन्त्रीमण्डल विस्तार हुन सकेको छ, अब सरकार कमजोर या कमजोर सरकार भएको बेलामा नै मौकाको फैदा उठाउने भए मित्र राष्ट्ले. राज्नितिक दल मध्य कसले पनि यस बिषयमा आवाज उठाउने त कुरै भएन. अब हेड्क्‌वाट्‍रले गरेको काममा त चुपलागेर बस्‍नै पर्‍यो, आखिर सत्ताको ठेगदार सँग जोरी खोज्ने काम त यहाका राज्नितिक दलहरुको लागि त आफै पासो लगाउने काम भैहाल्यो. २२ दलको चाला पनि ठिक देखिएन, को मन्त्रि हुने भन्ने कुरामा अड्किएका छन्. अब यस्तो गम्भिर बिषयलाइ बेवास्‍ता गर्ने हो भने यस्ता घट्नाक्रम निरन्‍तर दोहोरिर्‍हनेछ.

बेक्‍कारको बन्द र हद्ताल गर्नु भन्‍दा यस बिषयलाइ लिएर केहि न भए पनि साथी-भाइ बीच बसेर यो कुरा गरी नबुझेकालाइ बुझाउ, हामीले अरु त केहि गर्न सक्छौ एक नागरिकको हिसाबले,तर पनि यहा के हुन्‍छ भन्दा जब छरिएर रहेका स्वरहरु एक हुन्‍छ तब भने केहि हुन्‍छ. केहि नभए पनि अब आउने नँया पिडीहरुले यो बिषयलाइ राम्रो सँग बुझे पनि धेरै हुने छ. मलाइ यहि सन्‍दर्भमा एउटा गीत याद आउछ्...


हाम्रा रगतले कोरिएका सीमारेखा, मेटेर मेटिन्‍न
हाम्रा किल्लामा गाडिएका धावाहरु भाचेर भाचिन्‍न
हामी नेपाली ... जन्मै देखि स्वतन्‍त्र छौ.......



सायद् कसैको दास भएर अरुको झण्डा मुनि हामी कहिलै बसेनौ, त्यसैले हामीलाइ स्वत्‍न्त्रताको मुल्‍य कतै थाहा नभएको त होइन ?

तर पनि राष्टियता भने प्रत्येक नागरिकमा हुनु जरुरी छ. यो कुरालाइ बेलैमा बुझ्न जरुरी छ. जसरी लोड्सेडिङ्को कारणले हामीले बत्तीको महत्व बुझयौ, त्यसरी नै नेपाली भएर देशको लागी तपाइ हामी मिलेर यति गर्ने कि ?


हामी आफ्नो स्वाधिन्‍तालाइ मुटु भन्‍दा प्‍यारो ठान्‍छौ,
हामी आफ्नो देशको माटो प्राण भन्‍दा प्‍यारो ठान्‍छौ,
कसैले हामीलाइ हात दिएमा पहाड भएर आधी सहन्छौ
देशको सीमा छेक्‍न परेमा ढाल भएर बाच्न चाहान्छौ.


यो गीत त्यतिकै त लेखिएन होला ? आउनुहोस् हामी पनि केहि गरौ.

2 comments:

  1. सधैं आफ्नो र पार्टीगत स्वार्थ को लागि सडकहरु तताइये । अब एकचोटि राष्ट्रियता को लागि सडक तताउने हो कि???

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete