Monday, June 1, 2009

नेपालमण्डल बन्द


सोमबार जेष्ठ १८ गते २०६६.
आज नेवा: संगठनहरु द्वारा नेपालमण्डल बन्द आवहान गरियो. सरकारले ल्याएको काठमाडौ बिकास विधयकको खारेजीको माग राखेर र उपत्यका लगाएत अन्य केहि जिल्लाहरुलाइ स्वायत्त राज्य घोषणा गरियोस भनेर. आज बन्दका क्रममा सवारी साधनहरु पनि तोड्फोड भए. कालीमाटिमा पनि करिब २० वटा जति गाडीमा क्षति पुराइयो. समाचारबाट पनि पत्रकारको मो.सा मा आगजनी भएको खबर थाहा पाए.सन्घियताको बिषयलाइ लिएर भैरहने आन्दोलनहरुको यो एउटा थप उदारहण हो.
आज म सगरमाथा टिभीबाट सभासद् दिलिप महर्जनको अन्तर्वर्ता हेर्दै थिए, र उहाले के कुरा उठाउनु भयो भने, काठमाण्डौमा बाहिरबाट मानिसहरु धेरै मात्रामा भित्रिएर नेवार जाति अल्पसख्यकमा पर्यो भन्ने छ र यसै क्रममा उहाले के भन्नु भयो भने अब यसलाइ नियत्रण गरिनुपर्छ. मेरो प्रश्न यो छ, के अब काठमाडौमा मानिसहरुको बसाई सरकारले सारिदिएको हो त ? बस्ति बढेको कारणले यहा पानीको अभाव बढयो रे, खेती गर्ने जमिनको अभाव हुदै गयो रे. अब के यहाको जामिन बाहिरबाट आएकाहरुले लुटेर त लिएका होइन्न् होला, जग्गा बेच्नेहरुले त स्वयेक्ष्याले त बेचेका होलान्. अब आएर सभासद् जस्तो मान्छेले अब काठमाण्डौमा बाहिरबाट मान्छेहरु भित्रिने क्रम रोकिनु पर्छ् भन्ने कुराले नेवार बाहेकका अरु काठमाण्डौ बासीमा कस्तो असर पर्ला त ? तर पनि आफ्नो भाषा र सँस्क्रितिको लागि माग रखन सबै जातजातिको आधिकार हो.
म यसै प्रसंगमा आज ए.बि.सि टिभीबाट प्रत्क्षय प्रसारण भएको कार्यक्रम हेर्दा थिए, र कुरा उठ्यो काठमाडौ बिकास विधयकको खारेजीको माग राखेर, त्यहा सहभागी मद्य पद्मरत्न तुलाधर पनि हुनुहुन्थियो, र कुरा यो थियो कि अब बहिरी रिन्ग्ररोड बनाउन दिनहुन् भन्ने. अब सरकारले बिकास गरेन् पनि भन्ने. जब यस्ता बिकासका कार्यक्रम अघि ल्याइन्छ्, अनि त्यो पनि बिरोधको बिषय बनाइन्छ्.उहाहरुको तर्क के छ भने बाहिरी रिन्गरोडको कारणले काठमाडौमा अझ् बस्ति बड्न जाने र त्यसबाट नेवार् जातिको कला र सन्स्क्रितिमा खतरा आउने भन्ने किसिमको थियो. यसै कारणले गर्दा यो हुनुहुदैन भन्ने थियो. अब यस किसिमको कुरा जाएज छ वा छैन भन्ने बिषय चिन्तन योग्य छ.
यी त भए स्वायत्ताका कुराहरु, तर यसका असर भने त्यहि बन्द र ह्ड्ताल. हिजो पनि शिक्षकहरुले विधालय बन्द गरेर प्रदर्शन गरे, स्कुले केटाकेटीलाइ छुट्टि दुई दिन. शिक्षा निति एकातिर छदैछ. भएकै पठनपाठ्न त राम्रो सँग हुन सकेको छैन्. अब १९ र २० गतेका कार्यक्रम त आउदैछ. के अब यहि हो हाम्रो ताल ? हामी नेपाली सबै उद्पिडित् छौ, अब उदपादन त छैन यो देशमा. भएको उद्पादन त सबै विदेशलाई बुझाउदै ठिक्क छ. दक्ष जनशक्ति अमेरिका र युरोपलाइ अनि श्रमशक्ति सबै खाडीमा. अब तपाइ हामी मिलेर सोचौ र तपाइ यो राजनिति भन्दा एक खुड्किलो माथि उठेर देशको लागी सोच्नुहोस्, हाम्रो देश रहे पो यहा भित्रको कला, सन्स्क्रिति, भेष अनि भाषा रहन्छ. जब आर्थिक रुपले सम्पन्न हुन्छ् देश तब जन्मनछ् नया नेपाल. भोको पेटले कहिले राष्ट्रियताको बारेमा सोच्न सक्छ् र ? यो कुराको फाइदा अरुले नलियोस्, हाम्रो देश सधै स्वत्त्न्त्र भएर बाचिरहोस्.

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete