Sunday, May 31, 2009

नेपाल र भारत १९५० सन्धि

हाम्रो देश नेपाल र भारत बीच सन् १९५० भएको सन्धिको बारेमा प्रत्येक नेपालीले बुझन जरुरी छ. यो सन्धिले के कस्तो परिणाम ल्यायो भन्ने बिषयमा भएको अडियो सस्करण "कोशिस नेपाल" अभियानबाट सुन्न सक्छौ. मैले यो अभियानबाट धेरै कुरा थाहा पाए. तपाईहरु पनि यस बिषयमा जान्न चाहानु हुन्छ् भने

1950 India-Nepal Treaty

मा क्लिक् गर्नुहोस्.

परिचय

सर्वप्रथम त म आफ़्नो परिचय एक साधारण नेपाली युवाको रूपमा दिन चाहन्छु. मेरो परिचय यति मै सिमित राखौ होला. यस ब्ल्ग मार्फ़त म मेरो बिचार प्रवाह गर्न चाहन्छु, जसरी एक लोकतन्त्रिक पद्दतिमा नागरिकले राखन पाउनु पर्द्छ. मेरो बिचारहरु मेरो आफ़्नो हुनेछ, कसैले मेरो बिचार भन्दा फरक मत कुनै कठिनाइ बिना राखन सकने छ. हाम्रो देश नेपाल अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको छ. शासकीय परिवर्तन भएता पनि जनताले नँया नेपालको अनुभव गर्न भने पाएक छैन्न. तर पनि समय सँगै सबै निरन्तर चलिरहन्छ. तर पनि नागरिकको कर्तब्यको हिसाबले देशको घट्नाक्रम भने बुझ्न जरुरी हुन्छ. यसै प्रसँगमा राम्रा र नराम्रा पक्ष दुबैका बारेमा बिशलेषण गर्नका लागि यो मेरो प्रयास हुनेछ.